रवि लामीछानेले गर्दा माहोल बिग्रिएपछि जेलहरूमा विद्रोह सुरु, हजारौ  कैदीवन्दी भागे

विहीबार, २६ भदौ २०८२

काठमाडौँः नख्खु जेलबाट रवि लामीछाने निस्किएपछि देशैभरका जेलहरूमा विद्रोह सुरु भएको छ । ‘रवि लामीछाने पनि कानुनअनुसार जेल बसेको मान्छे उसलाई सरकारले निकाल्ने हामीलाई किन थुन्ने भन्दै जेल जेलबाट मंगलबार देखि नै कैदी वन्दीहरू निस्किएका हुन् ।

मंगलबारदेखि बुधबार साँझसम्म देशैभरबाट हजारौ  कैदीवन्दीहरू निस्किएका हुन् । नख्खुबाट १ हजार २ सय कैदी निस्किएका छन् । जेनजी आन्दोलनका नाममा भईरहेका गतिविधिअन्तर्गत पोखरामा भएको आन्दोलन बुधबार पनि जारी छ ।

बुधबार पनि आगजनी कायम रहेको बताइएको छ । आन्दोलनकै क्रममा धादिङ जिल्ला कारागार भत्काएर कैदीबन्दी भागेका छन् । भाग्दै गरेका कैदी नियन्त्रणमा लिने क्रममा एक कैदीको मृत्यु भएको छ । चितवन जिल्ला कारागारबाट ७ सय कैदी भागेका छन् ।
कास्की कारागारबाट ७ सय ७३ कैदी भागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै हेटौडाका वालसुधार गृहका ७२ जना वन्दी सुधारगृहको गेट भत्काएर भागेका छन् । कञ्चनपुर कारागारबाट ४ सय ५० कैदी भागेका छने । भागेका कैदीले स्थानीय महिलालाई बलात्कार प्रयास गरेका छन् ।

स्थानीयको सहयोगमा ती कैदीलाई पक्राउ गरिएको जनाइएको छ । धुलिखेल कारागारमा पनि आगलागी गरेर कैदीवन्दीहरू निस्किएका छन् । सुनसरीको झुम्का कारागारबाट १ हजार ५ सय ७५ कैदी फरार भएका छन् । डिल्लीबजार कारागार र सुन्धारा कारागारबाट मंगलबार राती नै पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डे सहित तीन हजार कैदीहरू निस्किएका हुन् ।

नेपाली सेनाले डिल्लीबजारमा रहेको केन्द्रीय कारागारमा आगलागी गरेर १ हजार १ सय कैदी निस्किएका छन् । कैलालीबाट ६ सय १२, महोत्तरी कारागारबाट ५ सय ७६, गौर कारागारबाट २ सय ६०, सोलुखुम्बुबाट ८६ जना, बझाङबाट ६५ जना, दाङबाट १ सय २४ जनाले जेल तोडेर भागेका छन् । यसैबिच सिन्धुली जिल्ला कारागारबाट ४ सय ७२ कैदीवन्दी भागेकोमा १ सय ६० जना पक्राउ परेका छन् । जिल्ला कारागारमा आगजनी र तोडफोड गरी कैदीवन्दी भागेका हुन् ।

जेल तोडेर भागेका कैदीवन्दीहरूले समुदायमा हुलहुज्जत तथा आतंक फैलाएको सूचना पाएपछि समुदायका अगुवाहरूले सतर्कता अपनाएका छन् । काठमाडौं उपत्यकामा मंगलबार राती बैंक तोडफोड गर्न खोज्ने र बुधबार विभिन्न ठाउँमा अवाञ्छित क्रियाकलाप गर्नेहरूलाई सेनाले पक्राउ गर्न थालेपछि अवस्था सहज बन्दै गएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार