जेनजी प्रदर्शनमा मृत्यु हुने सङ्ख्या ३६ पुग्यो, घाइतेमध्ये ३२२ अझै उपचाररत

विहीबार, २६ भदौ २०८२

काठमाडौँ : भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनमा घाइते भएर विभिन्न अस्पतालमा उपचाररत दुई जनाको बिहीबार मृत्यु भएपछि मृत्यु सङ्ख्या थपिएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म कुल १ हजार ७७० जना घाइते भएका छन् । तीमध्ये १ हजार ३३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३२२ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

त्यसमध्ये ७२ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफ गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुने र घाइते हुने सङ्ख्या अझै बढ्ने सम्भावना रहेको छ । आन्दोलनका क्रममा दर्जनौँ सर्वसाधारण अझै गम्भीर अवस्थामा उपचाररत छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार