सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बन्ने सहमति,को-को बन्दैछन् मन्त्री ?

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ : लामो राजनीतिक द्वन्द्वपछि अन्ततः संसद् विघटन गरी अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्ने सहमति भएको छ।

राष्ट्रपतिको पहलमा आजै उनलाई प्रधानमन्त्रीको शपथ गराउने तयारी भइरहेको स्रोतले जनाएको छ।

यससँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ। तर, मन्त्री कसलाई बनाइने भन्नेबारेमा आधिकारिक रूपमा जानकारी दिइएको छैन।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान ध्वस्त हुने भन्दै संसद् विघटन नगर्ने अडान लिएका थिए। तर, आन्दोलनरत जेन–जी समूह संसद् विघटनमा अडिग रहँदा राष्ट्रपति अन्ततः बाध्य भएका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार