सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, केहीबेरमा शपथ

शुक्रबार, २७ भदौ २०८२
 

काठमाडाैँ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनलाई शुक्रवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ८ः४५ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण भए लगत्तै ‘क्याबिनेट’ बैठक बस्ने जनाइएको छ ।

पहिलो मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटनदेखि निर्वाचनको मिति घोषणासम्मको घोषणा गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार