काठमाडौँ : जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीको निसाना बनेको भाटभटेनी डिपार्टमेन्टल स्टोर्सले सेवा पुनः सुरु गरेको छ ।
पूर्ण क्षति नभएका शाखाबाट शनिवार (भदौ २७ गते) दिउँसो २ बजेदेखि बेलुकी ८:३० बजेसम्म सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
भाटभटेनीले काठमाडौँ उपत्यकाभित्र टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, युडब्लुटिसी, पाटन, कलङ्की, राधेराधे र बालाजु शाखा सञ्चालनमा ल्याएको छ । त्यस्तै, उपत्यकाबाहिर नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा शाखाबाट पनि सेवा दिन थालिएको छ ।
आन्दोलनका क्रममा देशभरका निजी उद्योग व्यवसाय र सुपरमार्केटमाथि आक्रमण हुँदा भाटभटेनीका धेरै शाखा प्रभावित भएका थिए ।
तर, कम्पनीले ग्राहकको धैर्य र निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै ‘हामी फेरि खुलेका छौँ’ भन्ने सन्देशसहित व्यापार पुनः सुरु गरेको हो ।
प्रतिक्रिया