विराटनगरमा श्रिजा मोटर्सको एक्सचेन्ज अफर : विद्युतीय गाडीमा बोनस, निःशुल्क चार्जरदेखि एक वर्षको कर छुटसम्म

मंगलबार, ३१ भदौ २०८२

विराटनगर : श्रिजा मोटर्स प्रा. लि. विराटनगरले विद्युतीय सवारीसाधनका ग्राहकलाई लक्षित गर्दै विशेष एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।

चीनको बहुप्रतिष्ठित Stellantis Group अन्तर्गतको Leapmotor ब्रान्ड का विद्युतीय गाडीका लागि सुरु गरिएको यो एक्सचेन्ज क्याम्प आज र भोलि सम्म सञ्चालन हुने मोर्टसका प्रबन्ध निर्देशक नवीन खतिवडाले बताए ।

WhatsApp Image 2025-09-15 at 16.55.12

 मोटर्सका प्रबन्ध निर्देशक  खतिवडाका अनुसार यस क्याम्पमा ग्राहकले स्पट भ्यालुएसन, स्पट फाइनान्स सुविधा, एक्सचेन्ज बोनस, ७ किलोवाट क्षमताको निःशुल्क चार्जर, एक वर्षको बीमा तथा कर छुट जस्ता आकर्षक सुविधाहरू पाउने छन्।

श्रिजा मोटर्सका अनुसार क्याम्पमा जुनसुकै ब्रान्ड वा मोडलका गाडी पनि एक्सचेन्ज गर्न सकिनेछ। हाल बजारमा Leapmotor का दुई मोडल र B10 मोडल उपलब्ध छन्।

इटहरीसहित विराटनगरमा पाँच वर्षदेखि सेवा दिँदै आएको श्रिजा मोटर्सले यो अफरसम्बन्धी थप जानकारीका लागि आफ्नै शो–रुममा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार