अरुण तेस्रो प्रवेशमार्गका मुआब्जा पीडितद्वारा नौ बुँदे मागसहित ज्ञापनपत्र

शुक्रबार, ०३ असोज २०८२

संखुवासभा : अरुण तेस्रो जलविद्युत् परियोजनाअन्तर्गत छ्याङकुटी–दिदिङ प्रवेश मार्गको जिरो प्वाइन्टदेखि २९ किलोमिटर सडकखण्डमा छुट मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै प्रभावितहरूले प्रमुख जिल्ला अधिकारीलाई नौ बुँदे ज्ञापनपत्र बुझाएका छन्।

अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले आज प्रमुख जिल्ला अधिकारी सृजना थपलियालाई ज्ञापनपत्र बुझाएको हो।

समितिका अध्यक्ष साङ्घे शेर्पाका अनुसार प्राविधिक त्रुटिका कारण लगतकट्टामा छुट भएका जग्गाधनीलाई तत्काल मुआब्जा वितरण गर्नुपर्ने, पहिलो सूचनामा नाम प्रकाशित भइसके पनि गोरखापत्रमा नाम छुटेका जग्गाधनीलाई समेत क्षतिपूर्ति दिनुपर्ने माग राखिएको छ।

समितिका उपाध्यक्ष कुमार गुरुङले माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यसअघि, वि.सं. २०८० वैशाख २६ गते बसेको मुआब्जा निर्धारण समितिले छ्याङकुटी–दिदिङ सडकखण्डका जग्गाधनीलाई प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार