गृहसचिव दुवाडीकाे सरुवा

मंगलबार, ०७ असोज २०८२

काठमाडाैं । गृहसचिव गोकर्णमणी दुवाडीकाे सरुवा भएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरिएकाे हाे । उनकाे स्थानमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई जिम्मेवारी दिइएको छ ।

दुवाडीले तत्कालिन गृहमन्त्री रमेश लेखक जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी पाएका थिए । योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार