सप्तरी: सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियास्थित एक पोखरीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ।
स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया आशकी चौधरी नुहाउने क्रममा पोखरीमा डुब्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार घटना भएपछि स्थानीयले जानकारी गराएपछि समुदायको सहयोगमा दुवै बालिकाको शव पोखरीबाट निकालिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया