हिन्दू अधिराज्य स्थापनाका लागी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

मंगलबार, ०७ असोज २०८२

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन शुरू गर्ने घोषणा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले दसैं, तिहार र छठपछि नेपालमा वैद्धिक सनातन हिन्दु राष्ट्र कायम नगरी अबको आन्दोलन नरोकिने बताएका हुन्। त्यो आन्दोलनको नेतृत्व आफूले गर्ने पनि उनले उद्घोष गरे ।

‘वैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन गर्छौं, किरात र बौद्धलाई समेत समेटेर वैदिक हिन्दू अधिराज्य घोषणा नगरी अब विश्राम लिन्न,’ प्रसाईँले भने, ‘कोठाभित्र बसेर स्टाटस लेख्ने होइन, सडकबाट आन्दोलन गर्छौं ।’

अहिले बनेको सरकार जेन-जीको सरकार नरहेको बताए। ‘जेन-जीलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्,’ उनले भने।

प्रसाईँले अहिले बनेको सरकार जेन-जीको सरकार नरहेको बताए। ‘जेन–जीलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्,’ उनले भने।

उनले जेन-जी आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको पनि बताए। जेन-जी आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको पनि उनको दाबी छ। उनले वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलगायतमाथि पनि जेन-जी आन्दोलनको प्रसँगमा प्रश्न उठाए ।

उनले प्रधानमन्त्री कार्कीलाई मेडिकल कलेज खोल्न हुँदैन भनेर विरोध गर्ने गोविन्द केसीको पछि लागेको आरोप लगाए। उनले देशलाई यो ठाउँमा पुर्याउन हात कनकमणि दीक्षित, कल्याण श्रेष्ठ, सुशीला कार्कीको हात रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार