गोलबजारमा १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या, आठ जना नियन्त्रणमा

मंगलबार, ०७ असोज २०८२

सिराहा : सिराहाको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकका आफन्त र छिमेकीसहित आठ जनालाई सोधपुछका लागि पक्राउ गरिएको हो। बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी संलग्न हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक अनन्तराम शर्माले दोषीलाई चाँडै कानुनी दायरामा ल्याइने बताए। “हाल अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक गरिएको छैन,” उनले भने। घटनाको छानबिनका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुर समेत मगाइएको छ।

आज बिहान अभिषेकको शव घरदेखि करिब १०० मिटर पूर्व आँपको बगैँचामा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो। परिवारका अनुसार उनी आइतबार राति करिब ८ बजेदेखि बेपत्ता थिए। सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा फिरौती मागिएको म्यासेज आएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।

 

५ करोड फिरौती नदिएपछि सिरहामा १५ वर्षीय बालकको हत्या

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार