मिश्रले एक जना शिक्षक नेतालाई फोनमार्फत ५० लाख दिए विद्यालयमा शिक्षक द्वयलाई नै हाजिर गर्न दिने बताएको अडियो मा उल्लेख छ । प्रदेश खबरसँग कुराकानी गर्दै व्यवस्थापन समिति अध्यक्ष मिश्रले घटनाको ढाकछोप गर्दै आफूले कुनै प्रसङ्गमा सो विषय बोलेपनि त्यसमा सत्यता नरहेको बताए । ‘एउटा कुरा म सरलाई भन्छु, ५० लाख रुपैयाँ जम्मा गरुन्, माफ माग्नु सब थोक हुन्छ ल’ अध्यक्ष मिश्रले अडियोमा भनेका छन् ।
शिक्षक प्रसाई र अधिकारीलाई लक्षित गर्दै टेलिफोन कुराकानीमा मिश्रले भनेका छन् – ‘तिनीहरू हुन चैँ को ?, म अब कुनै कुरा सुन्दिन, मर्नु पर्छ अनि मात्रै हुन्छ नत्र केही हुँदैन ।’ अध्यक्ष मिश्रले भनेका छन् – अन्यथा शिक्षक प्रसाई र अधिकारीलाई कुनै हालतमा विद्यालयमा हाजिरी हुन नदिने दाबी गरेका छन् । मिश्रले पैसा दिन नसक्ने भए अरू तिरै सरुवाको व्यवस्था मिलाउन समेत शिक्षक नेतालाई आग्रह गरेको अडियो मा उल्लेख छ । विद्यालयमा मावि शिक्षक हुँदा हुँदै अध्यक्ष मिश्रकै जोड बलमा कानुन विपरीत निमावि तहका शिक्षक पोखरेललाई प्रधानाध्यापक नियुक्त गरेको बताइएको छ ।
आफ्नो निर्णय विरुद्ध अदालत गएको भन्दै व्यवस्थापन समिति अध्यक्ष मिश्रले शिक्षक द्वयलाई शैक्षिक सत्रको पहिलो दिन नै हाजिर हुन नदिएको पीडित शिक्षकको भनाई छ । अध्यक्ष मिश्रले आफैँ विद्यालयमा उपस्थित भएर आफूहरूलाई हाजिर गर्न नदिएको उनीहरूको भनाई छ । त्यस यता हरेक दिन अध्यक्ष मिश्र स्वयम विद्यालय आउने र हाजिर गर्न नदिने गरेको पीडित शिक्षक प्रसाईले बताएका छन् । प्रसाई र अधिकारीले कानुनी रूपमा सही कुरा उठाएको भन्दै अन्य तीन जना शिक्षकले समेत सोही दिनदेखि हाजिर गरेका छैनन् ।
विद्यालयमा कार्यरत शिक्षक सुमित्रा पौडेल, कमला राई र शर्मिला अधिकारीले विद्यालय प्रशासनले प्रसाई र अधिकारीलाई हाजिर नगराउन्जेल आफूहरूले समेत हाजिर नगर्ने बताएका छन् । विद्यालयले हाजिर गर्न नदिए पनि सो विद्यालयमा कार्यरत पाँचै जना शिक्षकले सादा कागजमा हाजिरी गरेर नियमानुसार दैनिक विद्यालयमा आफ्नो उपस्थिति जनाइरहेका छन् ।
विद्यालय प्रशासन र व्यवस्थापन समितिले पाँचै जना शिक्षकलाई शिक्षक कक्षमा रोक लगाउँदै ताला लगाएको छ । शिक्षक कक्षमा ताला लगाइए पछि पाँचै जना शिक्षक खुल्ला चौरमा बस्न बाध्य छन् । विद्यालयका अन्य शिक्षकलाई भने प्रधानाध्यापक र सहायक प्रधानाध्यापकसँगै प्रशासन कक्षमा बस्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया