दुर्गा मूर्ति विसर्जनका क्रममा ट्र्याक्टरको ट्रली दुर्घटना, ११ जनाको मृत्यु

शुक्रबार, १७ असोज २०८२

नयाँदिल्ली: भारतको मध्य प्रदेशको खाण्डवा जिल्लामा बिहीबार साँझ दुर्गा मूर्ति विसर्जनका क्रममा ट्रली दुर्घटना भएको छ।

अर्दला र जामली गाउँका करिब २०–२५ जना भक्तजन सवार ट्र्याक्टरको ट्रली पोखरीमा खस्दा ११ जनाको मृत्यु भएको हो।

स्थानीय कोटवार (गाउँ चौकीदार) ले चेतावनी दिए पनि ट्र्याक्टरलाई गहिरो पानीतर्फ हाँकिएको थियो।

सन्तुलन गुमेपछि ट्रली पल्टिँदा यात्रुहरू पोखरीमा डुबेका थिए। उद्धार टोलीले तत्कालै १० जनाको शव निकाल्यो भने हराइरहेकी एक किशोरीको शव राति अबेर भेटिएपछि मृतक सङ्ख्या ११ पुगेको हो।

यस घटनापछि गाउँमा शोक छाएको छ भने प्रशासनले थप अनुसन्धान अगाडि बढाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार