नदी छेउका बासिन्दालाई स्कुल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध

शनिबार, १८ असोज २०८२

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नदी छेउछाउमा बसोबास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न अनुरोध गरेका छन् ।

अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोबास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री पुनले अनुरोध गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत अनुरोध गर्दै भनेका छन् ।

‘बागमती नदी वरिपरिका स्कुल कलेजहरूलाई अनुरोध– बागमती नदी छेउछाउमा बसोबास गर्ने बासिन्दाहरूलाई बाढीले विस्थापन गर्ने ठूलो सम्भावना रहेकोले उनीहरूलाई बाढी नघटुन्जेलसम्म बस्न अस्थायी व्यवस्था गर्नुपर्ने भएकोले सो क्षेत्रका विद्यालय र कलेजहरूले ठाउँ उपलब्ध गराई दिन विनम्र अनुरोध छ,’ उनले भने, ‘यसको लागि गृहमन्त्रीज्यूको अनुरोधमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र शाखा प्रमुखहरूलाई मैले निर्देशन दिएको छु ।’

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार