कुहिएका नेता फालेर युवा नेतृत्व चयन गरौँ : शिक्षामन्त्री पुन

शुक्रबार, १० असोज २०८२

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा ठुलो परिवर्तन ल्याउनका लागि “कुहिएका” नेताहरूलाई राजनीतिबाट हटाउनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा आफ्नो पोस्टमार्फत मन्त्री पुनले आगामी चुनावमा युवा, नैतिक र दृढ सङ्कल्प भएका प्रतिनिधिहरूलाई जिताउन सबै नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्।

उनको भनाइअनुसार, नेपालमा सुशासन स्थापना, भ्रष्टाचार न्यूनीकरण, आर्थिक समृद्धि हासिल, विदेशी हस्तक्षेप रोकथाम, र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था ल्याउनका लागि अबको चुनावमा युवा प्रतिनिधिहरूको अत्यधिक बहुमतको सरकार बन्नु आवश्यक छ।

मन्त्री पुनले भने:mmm_icGaadp1Ge

“भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपतिको व्यवस्था ल्याउन सकियोस्।

सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जनप्रतिनिधि छान्न, झगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिन तुरुन्त तयारी गर्नु होस्। कुहिएका नेताहरू हटाएर मात्र स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार बनेपछि ठुलो परिवर्तन सम्भव छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार