काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।
उनले आज भएको मलेसियाविरुद्धको खेलमा अविजित ४८ रन बनाउँदै एक हजार रन पूरा गरेकी हुन् । इन्दुले ७७ खेलको ७० इनिङ्सबाट १०३३ रन बनाएकी छन् ।
सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा सीता रानामगर र तेस्रो स्थानमा रुविना क्षेत्री छिन् । सीताले ६३ खेलबाट ९६५ र रुविनाले ७८ खेलबाट ९३६ रन बनाएकी छन् ।
प्रतिक्रिया