जेन-जी आन्दोलनको प्रभाव : पर्यटक संख्या १८ प्रतिशत घट्यो

बुधबार, २२ असोज २०८२
file pic

काठमाडौं : सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन्।

आंकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ। यो संख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो। अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए। 

गत अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए। भदौ २३ र २४ गते (सेप्टेम्बर ८ र ९) मा नेपालमा जेन-जी पुस्ताको ठूलो आन्दोलन भएको थियो, जसले पर्यटक आगमनमा कमी आउनुको प्रमुख कारण बनेको बताइएको छ।

बोर्डको तथ्यांकअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलंकाबाट तीन हजार १५ र बंगलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार