छठ पर्व मनाउन युवा नेता दीपेन्द्र साहद्धारा व्रतालु महिलालाई साडी वितरण

आइतबार, ०९ कार्तिक २०८२

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा छठ पर्वलाई दृष्टिगत गर्दै विपन्न परिवारकी व्रतालु महिलालाई साडी वितरण गरिएको छ। नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र साहले आइतबार आयोजना गरिएको कार्यक्रममा विभिन्न टोलका महिलाहरूमाझ करिब ३०० थान साडी वितरण गरेका हुन्।

साहले गरिब, विपन्न, दलित तथा एकल महिलालाई लक्षित गरी आफ्नो व्यक्तिगत खर्चमा साडी वितरण गरेको जनाएका छन्। उनले भने, “छठ जस्तो महान् पर्वमा सानो सहयोगले पनि खुशी बाँडिन्छ। आगामी दिनमा अझ थप सहयोग गर्ने योजना छ।”

छठ पर्व हिन्दू धर्मावलम्बीहरूको आस्था, निष्ठा र समर्पणको प्रतीकका रूपमा मनाइन्छ। सूर्य उपासना गर्ने यो पर्वमा महिलाहरूले चार दिनसम्म व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहँदै आएको छ।

युवा नेता साहले आर्थिक रूपमा कमजोर परिवारका महिलाहरूलाई साडी वितरण गरेर पर्वमा सहभागी हुने अवसर उपलब्ध गराएको बताउँदै भने, “धेरै परिवारहरूका लागि दुई छाक खान पनि चुनौती छ, त्यसमाथि नयाँ लुगा किन्नु कठिन हुन्छ। त्यसैले यो सानो सहयोगले उनीहरूलाई पर्वको खुशीमा सहभागी हुन प्रेरणा मिलोस् भन्ने उद्देश्य हो।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार