ग्लोबल आइएमई बैंक र नास–आईटीबीच अन्तरक्रिया, डिजिटल बैंकिङ र कर्जा विस्तारमा केन्द्रित छलफल

बुधबार, १९ कार्तिक २०८२

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग बैंकको कर्जा दायरा विस्तार, डिजिटल बैंकिङ सेवा र व्यवसाय वृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बैंकका प्रतिनिधिहरूले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी व्यवसायका लागि लक्षित कर्जा योजना, डिजिटल र नवीनतम बैंकिङ सेवा, तथा बैंकिङ विवरण सुरक्षित राख्ने उपायबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूहलाई लक्षित गर्दै यस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले बैंकले देशभर वित्तीय साक्षरता अभिवृद्धिका लागि पनि अभियान सञ्चालन गरिरहेको उल्लेख गरे।

ग्लोबल आइएमई बैंक र नास–आईटीबीचको सहकार्यलाई थप मजबुत बनाउन दुवै संस्थाका कर्मचारीको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको जनाइएको छ। सो क्रममा ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको हो।

बैंकले अहिलेसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर अवार्ड लगायतका प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेको छ।

मुलुकका सबै ७७ जिल्लामा सेवा विस्तार गरेको ग्लोबल आइएमई बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ। साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, जापान, दक्षिण कोरिया, साउदी अरब, कतार, यूएई, भारत लगायतका देशहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार