ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

शनिबार, २२ कार्तिक २०८२

 ब्राजिल। दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले शनिवार बताएका छन् ।

आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ ।
आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार