काठमाडौँ : डोंगफेङ नामीका अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा आफ्नो नयाँ अत्याधुनिक शोरूम उद्घाटन गरेको छ।
कम्पनीका अनुसार, यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने लक्ष्यमा एक महत्वपूर्ण उपलब्धि हो। साथै, यसले ग्राहकको आवश्यकता र सन्तुष्टिलाई प्राथमिकतामा राख्ने कम्पनीको प्रतिबद्धतालाई अझ सबल बनाएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि एमएडब्लू वृद्धि मोटर्सका सिइओ प्रशन्न पन्त, श्रीजना मोटर्सका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरी, साथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
इटहरीको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोंगफेङ र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्सिभ अनुभव प्रदान गर्नेछ। ग्राहक अनुभवलाई केन्द्रमा राखी डिजाइन गरिएको यो शोरूममा प्रशिक्षित कर्मचारीहरूको टोलीले व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
इटहरी शोरूम उद्घाटनसँगै, एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई अझ सबल बनाएको दाबी गरेको छ।
शोरूम उद्घाटनको अवसरमा, एमएडब्लू वृद्धिले कार्तिक २४ देखि २६ गतेसम्म इटहरीको राजस्वढाँटमा अवस्थित श्रीजना मोटर्समा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।
यस अवधिमा, ग्राहकहरूले नामी ०१, नामी भिगो, तथा सेरेस ईभी मोडेलहरू खरिद वा एक्सचेन्ज गर्न सक्नेछन्। कार्यक्रममा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस ३ मा अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ।
त्यस्तै, ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन तथा एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार पनि पाउनेछन्।
प्रतिक्रिया