विराटनगर। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विराटनगरका तारानाथ निरौलालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। आयोगका तत्कालीन उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै सरकारले नयाँ नेतृत्वका रूपमा निरौलालाई जिम्मेवारी दिएको हो।
निरौला बैंकिङ क्षेत्र, स्थानीय शासन तथा विकास योजनाका विषयमा अनुभवी व्यक्ति मानिन्छन्। वित्तीय प्रणाली, स्थानीय तहका योजना प्रक्रिया र आर्थिक प्रशासनमा उनको समझ स्पष्ट रहेको अधिकारीहरूले जनाएका छन्। योजना आयोगमा नयाँ उपाध्यक्षको रूपमा उनले प्रदेशको दीर्घकालीन नीति, विकास प्राथमिकता र संरचनागत सुधारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको प्रदेश सरकारले जनाएको छ।
प्रतिक्रिया