आगामी चुनावमा श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा उत्रिन्छ: अध्यक्ष साम्पाङ

बुधबार, १७ मंसिर २०८२

धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छ्न ।

आज बराहक्षेत्रस्थित चक्रघट्टीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए।

हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,अध्यक्ष साम्पाङले भने, नेपालको कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैनन्।

जाति–धर्म तथा वर्गका आधारमा फुटिएको देशलाई जोड्ने उद्देश्यसहित स्थापना भएको श्रम संस्कृति पार्टीको लक्ष्य मुलुकमा सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृतिको विकास गर्नु रहेको उनले बताए।

अध्यक्ष साम्पाङका अनुसार हाल श्रम संस्कृति पार्टीले देशभर सङ्गठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको छ। जेनजी आन्दोलनपछि ठूला भनिने दल ‘पर्ख र हेर’ को अवस्थामा रहेका बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ,उनले भने। जनताको विश्वास र समर्थन बढ्दै गएको उल्लेख गर्दै साम्पाङले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा उदाउँदै गएको दाबी गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार