मधेश प्रदेशमा नयाँ सरकार गठनको आह्वान

बुधबार, १७ मंसिर २०८२

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न सक्ने व्यवस्था गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ।

नयाँ सरकार गठनको प्रक्रिया नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीबाट दिएको राजीनामापछि सुरु गरिएको हो। गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा शपथ लिएका यादव २२ दिनमै पदबाट बाहिरिएका हुन्। सर्वोच्च अदालतले उनी नेतृत्वको सरकारलाई २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने परमादेश दिएपछि बोलाइएको प्रदेश सभा बैठकमा पर्याप्त समर्थन नपाउने निश्चित भएपछि यादवले बुधबार राजीनामा दिएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार