पाँचथर । चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका ५४ वटा भेडा मरेका छन् ।
चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा १२ वटा भेडा भने घाइते भएका छन् ।
भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।
भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको अनुमान छ ।
प्रतिक्रिया