इटहरी : सुनसरीमा कूल तीन लाख ४६ हजार ६९३ मत खसेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाका चारवटा निर्वाचन क्षेत्रमै गरेर तीन लाख ४६ हजार ६९३ मत खसेको हो ।
प्रजिअ यादवका अनुसार जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन् ।
आज (आइतबार) भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाभर ६३.६ प्रतिशत मत खसेको उनले जानकारी दिए । आज सर्वदलीय बैठक बसेर आजैबाट मतगणना सुरु गरिने बताइएको छ ।
प्रतिक्रिया