गाईघाट : रुख ढाल्ने क्रममा हाँगा लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले जानकारी दिएअनुसार चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी ४२ वर्षीया नमिता राईको रुखको हाँगाले लागेर मृत्यु भएको हो ।
आज बिहान करिब १० बजे स्थानीय पञ्चमी सामुदायिक वनमा रुख ढाल्ने क्रममा अचानक खसेको हाँगाले टाउकोमा लाग्दा राई गम्भीर घाइते भएकी सूचना अधिकारी दोङले जनाए ।
घाइते राईलाई तत्काल उपचारका लागि बेल्टार नगर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया