कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा निधिको जोड

शुक्रबार, २५ पुस २०८२
File Photo

महेन्द्रनगर : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसलाई जनमुखी र जिम्मेवार राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै नेता निधिले लोकतन्त्र, संविधान र समावेशी राजनीतिका लागि निरन्तर संघर्षरत पार्टीका रूपमा कांग्रेस अघि बढिरहेको जानकारी दिए । पार्टी संगठनलाई सुदृढ बनाउँदै जनताको विश्वास जित्न कार्यकर्ताहरूले इमान्दारिता र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।

देश अहिले कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्न आपसी सहकार्य र समन्वय अपरिहार्य रहेको निधिले बताए । कांग्रेसले जनताको पक्षमा उभिएर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामसरोज यादवले पार्टीलाई जरा तहदेखि बलियो बनाउन सबै नेता–कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए । जनताका समस्या समाधानमा सक्रिय हुनुपर्ने र लोकतान्त्रिक मूल्य तथा संविधानको रक्षा गर्दै पार्टी एकतालाई सुदृढ बनाउनेतर्फ लाग्नुपर्ने उनको धारणा थियो ।

बैठकमा पार्टीका नेता, कार्यकर्ता तथा गृह सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा संगठन विस्तार, पार्टीको वर्तमान अवस्था, आगामी कार्यक्रम तथा स्थानीय तहमा कांग्रेसको भूमिकाबारे विस्तृत छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार