काठमाडौँ : सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।
शुक्रवार सामाजिक सञ्जालमार्फत तामाङले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने स्पष्ट पार्दै आगामी संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राखेर स्वतन्त्र उम्मेदवारी दिने जानकारी दिएकी हुन्।
गत निर्वाचनमा काठमाडौँ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोभिता गौतम निर्वाचित भएकी थिइन्। गौतमले १५ हजार २३८ मत प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुयाँलले ११ हजार ५६६ मत पाएका थिए।
त्यस्तै, काठमाडौँ–९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए। श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दा रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका थिए।
रास्वपाले तामाङलाई समानुपातिकतर्फ उम्मेदवार बन्न प्रस्ताव गरे पनि उनले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीबाट उम्मेदवारी दिने निर्णय गरेको बताएकी छन्।
प्रतिक्रिया