झापामा निर्माणाधीन होटलबाट लडेर कामदारको मृत्यु

शुक्रबार, २५ पुस २०८२
सांकेतिक फाईल

झापा : झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन भवनबाट लडेर एक कामदारको मृत्यु भएको छ ।

न्यु इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गर्दै आएको ईस्टर्न होटलको चौथो तलामा काम गरिरहेका क्रममा फलामको पाइप सार्ने बेला अचानक तल खस्दा एक कामदार गम्भीर घाइते भएका थिए ।

घटनामा घाइते भएका सप्तरीको खडक नगरपालिका–१ सिसुवाबेल्ही निवासी २१ वर्षीय नरेश कुमार मण्डललाई तत्काल मेची आम्दा अस्पताल, धुलाबारी लगिएको थियो । अस्पतालमा उपचारका क्रममा आज साँझ करिब ७ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुल राज गौतमको कमाण्डमा टोली खटाइएको जिल्ला प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान भइरहेको र मृतकको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार