संखुवासभा । संखुवासभाको फ्याक्सिन्दामा पहिरो खसेपछि निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल प्रभावित भएको छ ।
फ्याक्सिन्दामा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । आइतबार बिहानबाट सुक्खा पहिरो खसिरहेकाले डाइभर्सनबाट नदीको पानी बगाउने प्रयास भइरहेको छ ।
अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम रोकिएको छ । संखुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार आयोजनाका प्राविधिक र उपकरण प्रयोग गरी नदीको पानीलाई निकास दिने प्रयास भइरहेको छ ।
नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ । प्रहरी घटनास्थलमा पुगिसकेको र स्थानीय बासिन्दा पनि सक्रिय रहेकाले नियमित मार्गबाट नदीलाई बगाउने प्रयास भइरहेको डीएसपी गोदारले बताए ।
प्रतिक्रिया