टिकट वितरणमा ओलीको एकलौटी निर्णय, इतर समूहका नेतामाथि कडा हस्तक्षेप

आइतबार, ०४ माघ २०८२

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेतामाथि कडा रुख अख्तियार गरेका छन्।

शनिवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाउँदा, केही महत्त्वपूर्ण क्षेत्रका निर्णय अध्यक्ष ओलीले आफैँ गर्ने निर्णय गरेका छन्।

यस क्रममा ईश्वर पोखरेल, योगेश भट्टराई, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको निर्वाचन क्षेत्रमा टिकट वितरणको अन्तिम अधिकार ओलीसँग रहने भएको छ।

पराजित महासचिव सुरेन्द्र पाण्डेले कुनै पनि निर्वाचन क्षेत्रबाट टिकट पाएनन्। इतर समूहका नेताहरूलाई पनि अधिकांश क्षेत्रबाट टिकट नदिने निर्णय भएको छ।

एमालेमा उम्मेदवार छनोट प्रक्रिया प्रति असन्तुष्टि स्पष्ट देखिएको छ। सचिवालय बैठक करिब ८ घण्टा चलेको थियो र उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ बुझाउँदै बैठक छोडेका थिए।

उक्त बैठकपछि पार्टी भित्र महाधिवेशनमा प्रतिस्पर्धा गरेका इतर समूहका नेताहरू—सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायत—प्रति अध्यक्ष ओलीले अनुदार नीति अपनाएको पाइएको छ।

एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार, केही महत्त्वपूर्ण क्षेत्रका उम्मेदवार टुङ्गो लगाउने अधिकार अध्यक्ष ओलीसँगै रहनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार