बिश्वकप अर्जेन्टिनाले जितोस् -एमाले नेता भट्टराई

शुक्रबार, २३ मंसिर २०७९
नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना रहेको बताएका छन् । भट्टराईले आफूलाई अर्जेन्टिना र मेस्सी पहिले देखि नै मनपर्ने भएकाले विश्वकपको उपाधि अर्जेन्टिनाले जितोस् भन्ने चाहना भएको बताएका हुन् । ‘मैले समर्थन गर्ने टिम पहिले देखि नै अर्जेन्टिना हो, किन भने त्याहाँ मेस्सी छन् । मेस्सी कस्ता खेलाडी हुन् सबैलाई थाहा छ । मेस्सी जस्ता खेलाडीले एकपटक पनि विश्वकप नजित्नु दुर्भाग्य भएको बताउदै भट्टराईले यो पटकको विश्वकपको उपाधि अर्जेन्टिनाले नै जितोस भन्ने चाहना रहेको बताएका छन् । भट्टराईले अर्जेन्टिनाको खेल कहिले राम्रो कहिले अलि खस्केको जस्तो देखिने भएपनि पछिल्लो दुई खेलमा गरेको प्रदर्शनले अर्जेन्टिना उपाधि जित्नै नै आएको जस्तो देखाएको बताए । ‘अर्जेन्टिनाको खेलमा कहिलो तल–माथि देखिन्छ त्यसैले डर लागेको छ । तर, अर्जेन्टिनाले जित्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार