वातावरण संरक्षणको काम गर्न ‘स्वच्छ वायु अभियान’

मंगलबार, १९ बैशाख २०८०
इलाम । स्वच्छ वायु अभियान इलाम २०८० ले इलाममा एक महिने गतिविधि शुरु गरेको छ । क्लीन एनर्जी नेपालको सहयोगमा वातावरण संरक्षण मञ्च झापाले स्थानीय सरकार, तथा हरित शान्ति अभियानसँगको आयोजनामा परियोजना सञ्चालन भएको हो । जनप्रतिनिधि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम, विद्यालय तथा समुदाय सचेतना कार्यक्रम, डिजिटल तथा स्थानीय पत्रपत्रिकाबाट वायु प्रदूषण सम्बन्धी पैरवी, बायु प्रदूषण सम्बन्धी टिकटक प्रतियोगिता सञ्चालन हुने हरित शान्ति अभियानका कार्यक्रम व्यवस्थापक हैकम घिसिङले जानकारी दिए । यसैगरी प्रश्नावली सर्वेक्षण, सचेतनामूलक होर्डिङ बोर्ड निर्माण, पर्चा वितरण, वयु प्रदूषण न्यूनीकरणका कार्ययोजना निर्माण तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । बैशाख १ गतेदेखियो अभियान इलाममा शुरू भएको सोमबार इलाममा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । वायुको प्रदूषण मापनका लागि अमेरिकन कर्नर इलाममा राखिएको डिभाइसमा हाल इलामको वायु प्रदूषणको स्तर मापन गरिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार