झापामा सालनालसहितको नवजात शिशु मृत फेला, १८ वर्षीय किशोर नियन्त्रणमा

सोमबार, २६ माघ २०८२

झापा : कचनकवल गाउँपालिका–३ डाँगीबारीमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ।

डाँगीबारी निवासी खेलबहादुर राजवंशीको घर नजिकै रहेको परालको कुनियु छेउमा हरियो कपडाले बेरी राखिएको अवस्थामा नवजात शिशु (छोरा) फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उक्त शिशु बिहान करिब ३ बजे प्रहरी चौकी पथरियामा प्राप्त भएको सूचनाका आधारमा फेला परेको हो।

सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक हरीभक्त श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक निरीक्षणमा शिशु मृत अवस्थामा रहेको पुष्टि भएपछि शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मृत शिशु खेलबहादुर राजवंशीकी १७ वर्षीया छोरी कल्पना राजवंशीकी छोरो भएको खुलेको छ। घटनास्थल सुरक्षित राख्दै जिल्ला प्रहरी कार्यालय झापाबाट घटनास्थल मुचुल्का टोली खटाइएको थियो।

यसैबीच घटनासम्बन्धी अनुसन्धानका लागि कचनकवल गाउँपालिका–४ केचना निवासी अन्दाजी १८ वर्षका हेम राजवंशीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार