३५ दिनभित्र घटना दर्ता गराए रकम दिइने

शुक्रबार, २२ बैशाख २०८०
इलाम । ३५ दिनभित्र व्यक्तिगत घटना स्थानीय तहमा दर्ता गराए रकम दिइने भएको छ । इलामको फाकफोकथुम गाउँपालिकाले ३५ दिन भित्रमा घटना दर्ता गराउनेलाई रकम प्रदान गर्ने भएको हो । गाउँपालिकाले कार्यविधि बनाएर रकम दिने उल्लेख गरेको छ । जन्म र मृत्युका घटनामा गाउँपालिकाले रकम दिने भएको हो । गाउँमा बच्चा जन्मिएको ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराए तीन हजार रुपैया दिइने भएको छ । मृत्यु भएको ३५ दिनभित्र दर्ता गराउनेलाई ५ हजार प्रदान गरिने जनाइएको छ । व्यक्तिगत घटना दर्ता गराउन दिलो गर्दा समस्या पर्ने भएकाले समयभित्र घटना दर्ता होस् भन्ने उद्देश्य राखेर पालिकाले यसो गरेको हो । कार्यविधि राजपत्रमा प्रकाशित गर्न केही समय लाग्ने भएकाले जन्मदर्ता र मृत्युदर्ता गराउनेलाई असार मसान्त भित्रमा रकम प्रदान गरिने जनाइएको छ । यसअघि इलामकै देउमाई नगरपालिकाले जन्म र मृत्युमा रकम वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार