नामकरण विरोधमा विराटनगरको सडकमै मनाइयो उभौली पर्व

शुक्रबार, २२ बैशाख २०८०
विराटनगर । प्रदेश नामकरणको विरोधमा विराटनगरमा सडकमै उभौली पर्व मनाइएको छ । पहिचानवादी संगठनका प्रतिनिधिले सडकमै चण्डी नाच नाचेर विरोध गरेका छन् । राई, लिम्बू र याक्खा जातिले विराटनगरको रोडशेष चोकमा उभौली मनाएका हुन् । कूल देवताको पूजा आराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने गरिएकामा यसपालि प्रदेश नामकरणको विरोधमा मनाइएको हो । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र किरात याक्खा छुम्माले संयुक्त रूपमा सडकमा उभौली पर्व मनाए । उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् र प्रकोप तथा विपत्तिहरू नआउन् भनी पूजा गर्ने चलन छ । यस चाडमा सुनुवार र राईहरू साकेलारसखेवा शिली नाच्छन् भने लिम्बु र याक्खाहरूले च्याब्रुङ, डोकेनी नाच नाच्दै प्रकृतिलाई पूजा गर्ने चलन छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार