पछि दुर्घटना गराएको स्थानमा फर्केर आफ्नो दर्शकलाई समेत ढाँटेका जेकबले अमेरिकी सरकारी निकाय नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डलाई दुई दिनपछि मात्रै दुर्घटनाको जानकारी गराएका थिए ।
बोर्डले दुर्घटनास्थललाई अनुसन्धानको लागि जोगाउने भनेकोमा युट्युबरले हेलिकप्टरमा सो स्थानमा फर्केर प्लेनको बचेका टुक्रा लिएर हिँडेका थिए ।
उनलाई पछि अनुसन्धानकै क्रममा पनि बारम्बार ढाँटेको र अमेरिकाको संघीय न्यायिक अनुसन्धानलाई बारम्बार प्रभावित गर्न खोजेको आरोप पनि लगाइएको थियो ।
त्यसलाई उनले स्वीकार गरेका छन् । अमेरिकी कानुनअनुसार यस्तो अभियोगमा २० वर्षसम्म जेल सजाय हुन सक्छ ।
जेकबले शुरूमा अनुसन्धानकर्ताहरूलाई प्लेन उड्दा-उड्दै बन्द भएकोले आफू प्यारासुटको सहायतामा उत्रनु परेको भनेर झुक्याएका थिए । तर युट्युबमा रहेको भिडियोमा उनले सेल्फी स्टिकको सहायताले आफू झरेको मात्र नभएर प्लेन खसेको दृष्य पनि अपलोड गरेका छन् ।
प्रतिक्रिया