पहिलोपटक अन्तरिक्ष स्टेशन पुगिन् अरबी महिला बर्नावी

बुधबार, १० जेठ २०८०
पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) पुगेकी छिन् । एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आइतबार अमेरिकाबाट स्पेसएक्स फाल्कन रकेटबाट उडान गरिएको थियो । बर्नावी १० दिन अन्तरिक्षमा रहनेछिन् । यस अवधिमा ३४ वर्षीय बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरको अनुसन्धान गर्ने योजना बनाएकी छन्। आईएसएसमा पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडियोमा उनले भनिन्, ‘विश्वभरका मानिसहरूका लागि, भविष्य धेरै उज्ज्वल छ। म चाहन्छु कि तपाईं ठुला सपनाहरू हेर्नुहोस्, आफूमा विश्वास गर्नुहोस् र मानवतामा विश्वास गर्नुहोस्।’ बर्नावी एक्सियोम मिशन– २ मा साथी साउदी मिसन विशेषज्ञ अली अल्कार्नीसहित पुगेकी हुन् । जो अन्तरिक्षमा जाने खाडी राज्यका दोस्रो पुरुष अन्तरिक्ष यात्री पनि हुन् । उनीहरूको टोलीमा दुई अमेरिकी कमान्डर पेगी ह्वाइटसन र पाइलट जोन शफनरसँग सामेल छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार