पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान प्रतिबन्ध

शुक्रबार, १२ जेठ २०८०
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तान सरकारले खानसहित ६०० जनालाई 'नो फ्लाई' लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार