काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको लागि सकारात्मक आएको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ ।
निजी क्षेत्रका तीन ठूला छाता सङगठनका अध्यक्षहरुले सरकारले ल्याएको बजेट सकारात्मक आएको प्रतिक्रिया दिएका हुन् ।
उनीहरुले निजी क्षेत्रले उठाएमा मागहरु कतिपय सम्बोधन भएको भन्दै सरकारले कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
उनीहरुले सरकारले बजेटमा गरेका व्यवस्था राम्रो भएपनि कार्यान्वयनमा समस्या देखिएने गरेको भन्दै अहिलेको बजेटमा पनि त्यस्तै देखिएको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट समग्र निजीको लागि सकारात्मक रहेको बताए ।
सरकारले बजेटमा समावेश गरिएका नीतिहरु कार्यान्वयन भए सकारात्मक देखिएको उनले बताए ।
सरकारले निजी क्षेत्रले दिएका सुझावहरु आयोजनाको लागि वातावरण मूल्याङ्कन,जग्गा प्राप्ति र पर्यटन क्षेत्रका विषयहरु सकारात्मक रहेको ढकालको भनाइ थियो ।
उनले सरकारले ल्याउने बजेट भाषणमा राम्रो आउने तर कार्यान्वयनमा बजेट अनरुप नभएको परम्परा रहेको भन्दै बजेटको विषयमा विस्तृत रुपमा आर्थिक ऐन हेरेर मात्रै भन्न सकिने बताए ।
त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रमा देखिएको समस्या अनुसार बजेट वितरणमुखी देखिएको बताए । उनले बजेटमार्फत आश्वसन दिने सरकारको परम्परा रहेको भन्दै कार्यान्वन हुनेमा निजी क्षेत्रलाई शंका व्यक्त गरे ।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेटले व्यवस्था गरे अनुसार कार्यान्वयन भए सकारात्मक रहेको बताए । उनले उद्योगी व्यवसायीहरुको लागि एकदमै राम्रो नभएको तर आशा जगाउने खालेको बजेट आएको उल्लेख गरे ।
उनले सरकारले ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई सहभागिता गराउने कुरा सकारात्मक रहेको बताए ।
प्रतिक्रिया