काठमाडौं । चीनले पहिलो पटक सर्वसाधारण नागरिकलाई अन्तरिक्षमा पठाउने भएको छ ।
यसअघिका अन्तरिक्ष उडानमा चिनियाँ सैनिक सहभागी हुने गरेकोमा चीनले पहिलोपटक ३ सदस्यीय सर्वसाधारणको टोली तियानगोङ अन्तरिक्ष स्टेशनमा पठाउन लागेको हो ।
गुई हाईचाओ नेतृत्वको टोलीमा जिङ हाइपेङ र झु याङझु रहनेछन् । उनीहरुले उत्तरपश्चिमी चीनको जिऊक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन् ।
सन् २०३० मा चीनले आफ्ना अन्तरिक्ष यात्री चन्द्रमामा पठाउने योजना बनाएको छ । अमेरिका र रुससँग प्रतिस्पर्धा गर्न चीनले अन्तरिक्ष कार्यक्रममा अर्बौं डलरको लगानी गरेको छ । चीनले गत वर्ष तेस्रो तथा स्थायी अन्तरिक्ष स्टेशन तियानगोङ निर्माण सम्पन्न गरेको छ ।
यो स्टेशन १० वर्षका लागि अन्तरिक्षमा रहने जनाइएको छ । यसमा अत्याधुनिक वैज्ञानिक उपकरण रहेका छन् ।
प्रतिक्रिया