बालुवामा पानीजस्तै हुन नदिन यसपटक सिधै किसानको हातमा अनुदान दिन्छौँः प्रधानमन्त्री

शुक्रबार, २६ जेठ २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् । काठमाडौँमा शुक्रबार आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘‘‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने। तर, तिनीहरूको सही सदुपयोग हुन सकेन। जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो। त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो। विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्रीले अगाडि भने, ‘‘नेपालको इतिहास र वर्तमान गौरवशाली छ। वीरता र बलिदानीमा हामी अब्बल छौँ। आध्यात्मिक चिन्तन र सांस्कृतिक विविधतामा हामी जति धनी कोही छैन, ४० वर्षअघि खाद्यान्न निर्यात गर्ने हामी किन गरिब भयौँ । हामीले विगतभन्दा राम्रो पढ्यौँ, राम्रो ज्ञान पनि आर्जन गर्‍यौँ। तर, हाम्रो श्रम संस्कृति कमजोर हुँदै गयो। हामी परनिर्भर हुँदै गयौँ। हामीले यसको गहिरो समीक्षा गर्न जरूरी छ। श्रम र मेहेनतबिना संसारको कुनै पनि मुलुक बन्दैन र बनेको पनि छैन। त्यतातर्फ हामी सबैको ध्यान जान आवश्यक छ।’ ‘‘उत्पादन र रोजगारी नै अहिलेको मुख्य आवश्यकता रहेको भन्दै उनले यसबाट मात्रै समाजवादको आधार निर्माण गर्न सकिने बताए । त्यसैले यसपटकको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी र कृषिलाई सबैभन्दा उच्च महत्त्व दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार