सुती र ऊनी धागोमा लगाएको कर हटाउन निर्यात व्यवसायीको माग

सोमबार, २९ जेठ २०८०
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले सुती र ऊनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयमा सोमबार अर्थमन्त्री प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ । महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने माग राखे । उनले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको धारणा राखे । उनले सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपश्चात १२ प्रतिशत कर तिर्नुपर्नेमा आगामी आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको जनाए । उनले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको जानकारी दिए । सरकारले निर्यातन्य व्यवसायलाई दिँदै आएका नगद अनुदान पर्याप्त नभएको उनको भनाइ छ । अध्यक्ष पाण्डेले सरकारले सबै क्षेत्रलाई उत्पादनअनुसार वितरण गर्नुपर्ने माग गरिएको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार