कोशी प्रदेशको बजेट सार्वजनिक गरिँदै, विपक्षीले गरे बहिष्कार

विहीबार, ३२ जेठ २०८०
विराटनगर । काेशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ काे लागि अध्यादेशबाट ल्याएकाे बजेट सार्वजनिक गर्दैछ । अल्पमतमा परेकाे सरकारले विश्वासको मत लिनुकाेसाटाे संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएकाे भन्दै  काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बजेट सार्वजनिक गर्ने कार्यक्रम बहिष्कार गरेका छन् । काेशी प्रदेश आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे जिम्मेवारी समेत लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका हुन् । आर्थिक मामिला मन्त्रालयमा आयाेजित बजेट सार्वजनिक कार्यक्रममा सरकारका मन्त्रीहरू, एमाले र राप्रपाका सांसद तथा नेता, विभित्र मन्त्रालयका सचिवहरू, उच्चपदस्थ कर्मचारी, उद्योगी, संचारकर्मी लगायतकाे उपस्थिति छ । प्रदेश सरकारले बुधबार प्रदेशसभामा सरकारकाे तर्फबाट आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम माथि छलफल नै नगरी संसदकाे बजेट अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेशमार्फत बजेट ल्याएकाे हाे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार