आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

शुक्रबार, ०१ असार २०८०
काठमाडौं । सरकारले आज असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने जनाएको छ । गत जेठ २५ गते सार्वजनिक सूचना निकालेर असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको जनाएको थियो । बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार