भारतबाट बढेर आयो इन्धनको मूल्य

शुक्रबार, ०१ असार २०८०
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अघिल्लो पटकभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको निगमले जनाएको छ । आईओसीले निगमलाई १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाा मूल्यसूची पठाउँछ । सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ । यो पटक पेट्रोलियम पदार्थको मूल्य सामान्य बढेर आए पनि नेपालमा परिवर्तन नगर्ने निगमले जनाएको छ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार