होन्डुरसको महिला बन्दीगृहमा दंगा : ४१ जनाको मृत्यु

बुधबार, ०६ असार २०८०
काठमाडौं । मध्य-अमेरिकी मुलुक होन्डुरसको एउटा महिला बन्दीगृहमा भएको दंगामा ४१ जना मारिएका छन् । दुई प्रतिष्पर्धी समूहबीच भएको झडपपछि स्थितिले उग्र रुप लिएको जनाइएको छ । भिडन्तपछि एउटा समूहले जेलमा आगो लगाएको र ज्यान गुमाउनेमध्ये अधिकांशको मृत्यु आगलागीकै कारण भएको जनाइएको छ । केहीलाई भने गोली हानी मारिएको उल्लेख गरिकएको छ। देशका उप सुरक्षामन्त्री जुलिसा भिलानुभाले आपतकालको घोषणा गरेकी छिन् भने हिंसा भडकाउनेमाथि कारबाही गरिने बाचा गरेकी छन् । राजधानीबाट करिब २० किलोमिटर दूरीमा रहेको उक्त जेलमा नौ सय हाराहारी महिला कैदीबन्दी रहँदै आएका छन् । होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले महिलाको राक्षसी ढंगले गरिएको हत्याबाट आफू स्तब्ध भएको बताउँदै दोषीलाई कडा कारबाही गरिने बताएकी छन् । भ्रष्टाचार र आपराधिक समूहबीचको भिडन्तका लागि बदनाम होन्डुरस आफ्ना छिमेकी देशहरु एल सल्वाडोर र ग्वाटेमालासँगै दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिकासम्म हुने कोकिनको प्रमुख ट्रान्जिट मार्ग हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार