ट्रेड युनियन कांग्रेसमा संस्थापनइतर पक्ष हाबी

शुक्रबार, ०८ असार २०८०
काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा संस्थापनइतर पक्ष हाबी भएको छ । बिहीबार भएको निर्वाचनको मत परिणाममा १७ वटा पदमा संस्थापनइतर समूहको १५ मा जित भएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा संस्थापन पक्षबाट योगेन्द्रकुमार कुँवरले संस्थापनइतरका महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले पराजित गरेका छन् । कुँवरले ४४१ मत हासिल गर्दा यादव ३७६ मतमा सीमित भए । संस्थापनइतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ४६९ मतसहित विजयी भए । उनले अयोध्याप्रसाद यादवलाई ३३६ मत पराजित गरे । दुई खुल्ला उपाध्यक्षतर्फ संस्थापनइतरबाट दाङका गणेशबहादुर केसी र सुनसरीका ज्योति कोइराला विजयी भए । केसीले ४३८ मत पाए भने कोइरालाले ४१८ मत हासिल गरेका थिए । खुल्ला उपाध्यक्षमा दुवैले संस्थापन पक्षका ध्रुवचन्द्र गौतम, शंकर लामिछानेलाई पराजित गरेका थिए । एक महिला उपाध्यक्षमा राधिका कुइँकेल खनालले ३९२ मत ल्याएर जित हासिल गर्दा संस्थापनबाट भगवती खड्काले ३४३ मत पाएकी थिइन् । उपाध्यक्ष सेवातर्फ संस्थापनइतरबाट नेत्रविक्रम थापा, ललितबहादुर श्रेष्ठ विजयी भए । उपाध्यक्षको अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट संस्थापनइतरका राजेश पालिखे विजयी भए । महासचिवतर्फ विराटनगरका अजयकुमार राई विजयी भए । संस्थापनइतरबाट निर्वाचित भएका राईले ४६४ मत हासिलगर्दा प्रतिद्धन्दी डीपी अर्याल ३३७ मतमा सीमित भए । उपमहासचिवतर्पm संस्थापनइतरका जनार्दन भट्टराई, र बलदेव तामाङ विजयी हुँदा संस्थापनतर्फका रञ्जन थापा र राममंगलप्रसाद यादव पराजित भए । महिला उपमहासचिवमा सुशीला घिमिरे, उपमहासचिव सेवा क्षेत्रतर्फ देवदत्त बडु, उपमहासचिव उत्पादन क्षेत्रमा संस्थापनतर्फका कुलबहादुर खड्का, उपमहासचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रुकमणि थापा विजयी भएका छन् । कोषाध्यक्षतर्फ संस्थापनइतरका सञ्जय दाहाल विजयी भए । सहकोषाध्यक्षमा संस्थापनकी गीताकुमारी लामिछाने विजयी भइन् । निर्वाचनमा युनियनको १७ सदस्यीय कार्यसमितिमा संस्थापनइतरबाट १५ र संस्थापन पक्षबाट २ जना विजयी भएका हुन् । ८ सय ८७ मतदातामा निर्वाचनमा ८ सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार