सम्झौतामा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र युरेसियाका मार्केट प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरे ।
बस्नेतले इटहरीमा विश्वस्तरीय ब्राण्ड ल्याउन पाउनु गौरवको विषय भएको बताए । यसले नेपालको पूर्वी क्षेत्रका आगन्तुकहरूलाई विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ ।
शर्माले सम्झौताले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै विंडहामको रमादाले इटहरीका पाहुनालाई नेपाली परम्परागत आतिथ्यतासँगै विश्वस्तरको सेवा प्रदान गर्ने बताए ।
होटलमा जिम, स्पा, स्विमिङ पुललगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुने बताइएको छ ।
विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ ब्रान्डको पोर्टफोलियो छ ।
रमाडा ६० भन्दा बढी देशहरूमा ८५० भन्दा बढी होटलहरू भएको विंडहाम होटल्स एण्ड रिसोर्ट्सको मिडस्केल ब्रान्डमध्ये एक हो ।
प्रतिक्रिया